Kathmandu Press

‘पाँचवटा कार्यभार लिएर माओवादी केन्द्र अघि बढेको छ’ 

सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नम्बर ३ मुसहर्निया गाउँमा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन्। 
‘पाँचवटा कार्यभार लिएर माओवादी केन्द्र अघि बढेको छ’ 
फाइल तस्बिर।

सिरहा, मंसिर १७ : नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको बताएका छन्।

सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नम्बर ३ मुसहर्निया गाउँमा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन्। 

‘राष्ट्रको सार्वभौम सत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो,’ उनले भने, ‘मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो भने सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति गर्नु चौथो कार्यभार हो। हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु मुल अभिष्ट र मुख्य कार्यभार हो।’

उद्घाटन सत्रमा प्रमुख अतिथिको हैसियतमा बोल्दै श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र आफू गृह तथा उपप्रधानमन्त्री हुँदा  ठूला कर्मचारी, ठूला नेता र सरकारमा बसिसकेका मन्त्रीहरुलाई भ्रष्टाचार गरेकोमा कानुन बमोजिम कारवाही थालेको कारण सरकार ढालिएको जिकिर गरे। 

श्रेष्ठले देशैभरी नेकपा माओवादीले पार्टी निर्माण गर्ने अभियान थालेको बताए।  त्यसैको एक कडीका रुपमा यो त्रीदिवसीय प्रशिक्षणलाई लिन सकिने उनको भनाइ छ।

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्