Kathmandu Press

माओवादीभित्रको विद्रोहले स्वामीकार्तिकमा एमालेलाई फाइदा, उपाध्यक्षमा बुढा विजयी

बुढाले कांग्रेस उम्मेदवार पुल्ती सरा शाहीलाई पराजित गर्दै उपाध्यक्षमा विजयी भएकी  थिइन्। बुढाले १७४० मत ल्याएर जित्दा शाहीले १४७४ मत ल्याएर पराजित भइन्। 
माओवादीभित्रको विद्रोहले स्वामीकार्तिकमा एमालेलाई फाइदा, उपाध्यक्षमा बुढा विजयी

काठमाडौं, मंसिर १७ : माओवादीभित्र विद्रोहको फाइदा उठाउँदै नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा जित निकालिन्। 

बुढाले कांग्रेस उम्मेदवार पुल्ती सरा शाहीलाई पराजित गर्दै उपाध्यक्षमा विजयी भएकी  थिइन्। बुढाले १७४० मत ल्याएर जित्दा शाहीले १४७४ मत ल्याएर पराजित भइन्। 

Hardik ivf

बाजुरा माओवादीभित्रै विद्रोह भएपछि बुढालाई जित निकाल्न सहज भएको हो। एमालेकी उम्मेदवार बुढालाई जिताउन माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन्।

आफ्नै पार्टी माओवादी केन्द्रको निर्देशन बिपरीत विश्वकर्माले सत्तारुढ पार्टीलाई समर्थन गरेपछि स्वामीकार्तिक खापर गाउँपालिकाको निर्वाचनले नाटकीय मोड लिएको थियो। प्रदेश इन्चार्ज रहेका गिरिराजमणि पोखरेलले एक बक्तव्य नै जारी गर्दै एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न विश्वकर्मालाई निर्देशन दिएका थिए। माओवादीको बाजुर जिल्ला कमिटीले समेत विश्वकर्मालाई कारवाहीको चेतावनी दिएको थियो। 

माओवादी उम्मेदवार विश्वकर्माले केन्द्र, प्रदेश र जिल्ला नेतृत्वको निर्देशन बिपरीत विद्रोह गर्दै एमालेकी बुढालाई समर्थन जनाएपछि निर्वाचनमा सहज भयो। 

यसअघि २०७९ मा भएको निर्वाचनमा बुढा कांग्रेसकी उम्मेदवार मैनादेवी जोशीसँग १७३ मतान्तरले पराजित भएकी थिइन्। बुढा स्वामीकार्तिक खापर गाउँपालिका–२ को वडा सदस्य हुँदै उपाध्यक्ष पदमा पुग्न सफल भएकी छन्। 
 

प्रकाशित मिति: १५:३२ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्