Kathmandu Press

गौरीशंकरको उपाध्यक्षमा माओवादीको सुरुवाती अग्रता

गौरीशंकरको वडा नं. १ र २ को मत गणना हुदाँ माओवादी उम्मेदवार निमलेकी शेर्पाले ८०९ मतसहित अग्रता बनाएकी छिन्।
गौरीशंकरको उपाध्यक्षमा माओवादीको सुरुवाती अग्रता

काठमाडौं, मंसिर १७ : दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ।

सोमबार दिउँसोदेखि सुरु भएका मतगणनामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको हो।

Hardik ivf

गौरीशंकरको वडा नं. १ र २ को मत गणना हुदाँ माओवादी उम्मेदवार निमलेकी शेर्पाले ८०९ मतसहित अग्रता बनाएकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उमा लुंगेली मगर शेर्पाले ४४७ मत पाएकी छिन्।

यस्तै नेपाली कांग्रेसकी पासदिकी शेर्पाले २४० मत ल्याएकी छन भने रास्वपाकी गोमा श्रेष्ठले १८ र एकीकृत समाजवादीकी रविना खड्काले १४ मत ल्याएकी छिन्।

उपाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा कुल मतदाताको ४८ दशमलव २८ प्रतिशत अर्थात ७ हजार ५ सय ९८ मत खसेको थियो।

यसअघि ०७९ को स्थानिय तहको निर्वाचनमा गौरीशंकरको उपाध्यक्षमा कांग्रेस र माओवादीको गठबन्धनमा कांग्रेसका श्यामसुन्दर तामाङ ४ हजार ७ सय ४१ मत प्राप्त गर्दै विजयी भएका थिए। 
 

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्