कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै
जारी मत गणनामा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ३६० मतको अग्रता बनाएका छन्।
काठमाडौैं, मंसिर १७ : स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
जारी मत गणनामा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ३६० मतको अग्रता बनाएका छन्।
कांग्रेसका डंगोलले २ हजार ४२१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत ल्याएका छन्।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गरेका छन्। केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: १४:३४ बजे, सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












