हर्ष थारककाे बलमा शिखर धवन बोल्ड
कर्णाली याक्समा आबद्ध धवनले केही बेरअघि जनकपुर बोल्ट्ससँग खेल्दै नेपाल प्रिमियर लिगमा डेब्यू गरेका छन्।काठमाडाैं, मंसिर १७ : भारतीय क्रिकेटका पूर्व स्टार शिखर धवन एनपिएल खेल्न अहिले नेपालमा छन्।
कर्णाली याक्समा आबद्ध धवनले केही बेरअघि जनकपुर बोल्ट्ससँग खेल्दै नेपाल प्रिमियर लिगमा डेब्यू गरेका छन्।
नेपालमा पहिलो पटक खेलिरहेका धवन १४ रन बनाएर आउट भए। उनी चौथो ओभरको दोस्रो खलमा क्यानेडिन खेलाडी हर्ष थाकरबाट बोल्ड भए। उलने १४ बलमा ३ चौका प्रहार गरे।
टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ताज अवस्थामा ५ ओभरमा २ विकेटको क्षतिमा २३ रन बनाएको छ। उसका देव खनाल १ रनमा आउट भए। अहिले क्रिजमा चाडविक वाल्टन र बाबर हायत छन्।
बलिङमा जनकपुरका ललित राजवंशी र हर्ष थाकरले विकेट लिए।
प्रकाशित मिति: १३:३२ बजे, सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई नेपालको टक्कर, ९ रनले पराजितसोमबार, पुस २९, २०८१
जय ट्रफी : उपाधिमा पुलिस र आर्मीको भीडन्तआइतबार, पुस २८, २०८१
महिला क्रिकेट टिमले टियूमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्क सिरिज खेल्नेआइतबार, पुस २८, २०८१
जय ट्रफी : विभागीय टिम बलिया, ब्याटिङमा प्रदेशका टिमको संघर्षशनिबार, पुस २७, २०८१