Kathmandu Press

डा.कोइरालाको कोशी भेला रोक्न कांग्रेसको सर्कुलर, भेला नरोकिने दाबी 

तर कांग्रेस केन्द्रीय कार्यालयले भने २२ गते निर्धारित स्थानीय तहका सभापतिहरुको भेला बहेक अन्य कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्ला सभापतिलाई पत्र पठाएका हुन्।
डा.कोइरालाको कोशी भेला रोक्न कांग्रेसको सर्कुलर, भेला नरोकिने दाबी 

काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको अग्रसरतामा विराटनगर र बेलबारीमा आयोजना हुन लागेको स्थानीय तहका सभापतिहरुको भेला नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले पत्र पठाएरै रोक्न निर्देशन दिएको छ।

कोइराला पक्षले कोशी प्रदेशको विराटनगर र बेलबारीमा मंसिर १७, १८ र १९ गते प्रदेशका स्थानीय तहका सभापतिहरुको भेला राखेका थिए। सो कार्यक्रममा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरुलाई समेत डाकिएको थियो।

तर कांग्रेस केन्द्रीय कार्यालयले भने २२ गते निर्धारित स्थानीय तहका सभापतिहरुको भेला बहेक अन्य कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्ला सभापतिलाई पत्र पठाएका हुन्।

पौडेलले सोमबार कोशी प्रदेशका जिल्ला सभापतिलाई पत्र पठाउँदै २२ गते पुर्व अन्य कुनै पनि कार्यक्रम आयोजना नगरिएको भनेका छन्। तर, कोइरालाको सचिवालयले भेला नरोकिएको र भब्य रुपमा सम्पन्न हुने बताएको छ। 

‘पार्टीलाई चलायमान र सुद्रृढ बनाउनका लागि भेला बोलाइएको हो । यसमा कुनै समूह वा गुटको प्रभाव छैन्। स्वतःस्फुर्त रुपमा भेलामा सहभागी हुन सकिन्छ। सबैलाई निम्ता पठाइसकेको छ,’ डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने।

कांग्रेस कोशी प्रदेशले पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा प्रदेश राजधानी विराटनगरमा सम्मेलन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्