Kathmandu Press

त्रिपुरासुन्दरी–५ मा माओवादीका झाक्री विजयी

उपनिर्वाचन अन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार माओवादी केन्द्रका नरबहादुर झाक्री विजयी भएका हुन्।
त्रिपुरासुन्दरी–५ मा माओवादीका झाक्री विजयी

काठमाडौं, मंसिर १७ : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

उपनिर्वाचन अन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार माओवादी केन्द्रका नरबहादुर झाक्री विजयी भएका हुन्।

Hardik ivf

झाक्रीले १६१ मत ल्याएका थिए भने उनका नकटतम प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाएका थिए।

यस्तै नेपाली कांग्रेसका राजेन्द्र प्रसाद न्यौपानेले २१ मत प्राप्त गरेका थिए।

उक्त वडामा २०७९ को निर्वाचनमा एमालेका नन्दलाल रोकाले माओवादीका जंगबहादुर रोकायलाई ६ मतान्तरले पराजित गरेका थिए।
 
प्रकाशित मिति: १३:०७ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्