Kathmandu Press

कीर्तिपुर-४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस राजेन्द्र बानियाँ १ हजार १५५ मत सहित विजयी भएका हुन्।
कीर्तिपुर-४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी

काठमाडौं, मंसिर १७ : कीर्तिपुर नगरपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेस राजेन्द्र बानियाँ विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार बानियाँ १ हजार १५५ मत सहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत प्राप्त गरिन्। 

नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्