Kathmandu Press

तोलामा १२ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य घटेर सोमबार प्रतितोला  एक लाख ४९ हजार तीन सय कायम भएको हो।
तोलामा १२ सयले घट्यो सुनको मूल्य

काठमाडौं, मंसिर १७ : सुनको मूल्य प्रतितोला  एक हजार दुई सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य घटेर सोमबार प्रतितोला  एक लाख ४९ हजार तीन सय कायम भएको हो।

त्यस्तै नेपाली बजारमा सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ मा कारोबार हुने महासंघले जनाएको छ।

प्रकाशित मिति: ११:४५ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्