Kathmandu Press

प्रधानमन्त्री ओली चीन प्रस्थान

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बिहान त्यसतर्फ गएका हुन्। 
प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं, मंसिर १७ : प्रधानमन्त्री केपी ओली औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। 

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बिहान त्यसतर्फ गएका हुन्। प्रधानमन्त्री ओली नेतृत्वको टोली हिमालय एयरालाइन्सको विशेष चार्टर विमानमार्फत चीन गएको हो। 

भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागीतता छ। 

Hardik ivf

RatnaShrestha-KTM-17RATL2917(1)copy-1733119000.jpg

भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसको साथै, ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ।

उनले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने, बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। 

त्यस्तै, नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत रहने छन्।

प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ।

RS_KTM-RATL2853-1733118820.jpg

RS_KTM-RATL2944(1)-1733118820.jpg

प्रकाशित मिति: ११:३८ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्