टियू चम्किए पाकिस्तानका तनवीर, काठमाडौं गुर्खाज १११ रनमै राेकियाे
सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको पहिलो खेलमा तनवीरले ५ विकेटले लिएपछि पहिला ब्याटिङ गरेको काठमाडौं गुर्खाज १११ रनमै अलआउट भयो।काठमाडाैं, मंसिर १७ : पाकिस्तानी भेट्रान फास्ट बलर सोहेल तनवीरले नेपाल प्रिमियर लिगको डेब्यू खेलमै घातक बलिङ गरेका छन्।
सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको पहिलो खेलमा तनवीरले ५ विकेटले लिएपछि पहिला ब्याटिङ गरेको काठमाडौं गुर्खाज निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १११ रनमै राेकियाे।
काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाउँदा माइलक लेविटले २५, डान डउथवेटले १९ र शंकर रानाले १६ बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
बलिङमा चिवतन राइनोजका तनवीरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए भने रिजन ढकाल, कुशल मल्ल, अमर रौटेला र लुक बेनकेन्सटेइनले समान १ विकेट लिए।
जवाफी ब्याटिङ थालेको चितवले ९ ओभरमा ५ विकेटको क्षतिमा ६८ रन बनाएको छ। उसका सन्तोष कार्की र शरद भेषावकर क्रिजमा छन्। बलिङमा काठमडौंका साहब आलमले ३ विकेट लिएका छन्।
प्रकाशित मिति: ११:३३ बजे, सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति मंगलबार, माघ १, २०८१
नेपालमा मनाइने पर्वले सामाजिक सद्भावना बढाउँदै सुमधुर सम्बन्ध कायममा सघाउँछ : सभापति देउवामंगलबार, माघ १, २०८१
एसईई परीक्षाको तालिका सार्वजनिकमंगलबार, माघ १, २०८१
आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावनामंगलबार, माघ १, २०८१