एनपीएलमा आज दुई खेल हुँदै, भारतका चर्चित खेलाडी धवन कर्णाली याक्सबाट खेल्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।काठमाडौं, मंसिर १७ : नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
यस्तै, दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो ।
यी दुई टीमबीचको खेल दिउँसो १ः१५ बजे शुरू हुनेछ । आजको मुख्य आकर्षणमा कर्णाली याक्सबाट भारतका चर्चित खेलाडी शिखर धवन रहने छन् ।
प्रकाशित मिति: ०८:०७ बजे, सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई नेपालको टक्कर, ९ रनले पराजितसोमबार, पुस २९, २०८१
जय ट्रफी : उपाधिमा पुलिस र आर्मीको भीडन्तआइतबार, पुस २८, २०८१
महिला क्रिकेट टिमले टियूमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्क सिरिज खेल्नेआइतबार, पुस २८, २०८१
जय ट्रफी : विभागीय टिम बलिया, ब्याटिङमा प्रदेशका टिमको संघर्षशनिबार, पुस २७, २०८१