स्वामीकार्तिक खापर गाउँपालिकामा एमालेकी भण्डारी निर्वाचित
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४७४ मत पाइन् । एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं, मंसिर १७ : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) की उमेदवार सुलोचना भण्डारी निर्वाचित भएकी छन् । उनी १ हजार ७४० मत ल्याएर निर्वाचित भएकी हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४७४ मत पाइन् । एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिकामा माओवादी केन्द्रका उमेदवार राजुकुमारी विश्वकर्माले एमालेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएकी थिइन् । माओवादीले एकीकृत समाजवादीलाई समर्थन गर्न निर्देशन दिएको थियो ।
२०७९ सालको निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् । ०७९ को निर्वाचनमा कांग्रेसकी मैनादेवी जोशी निर्वाचित भएकी थिइन् । उनको निधनपछि उपनिर्वाचन भएको थियो ।
प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












