कालिकोट तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित भएका छन्।
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित भएका छन्।
मतदानलगत्तै आइतबार बेलुका भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार शाही २८ मतान्तरले वडाध्यक्ष निर्वाचित भएका हुन्।
उनले १४३ मत पाउँदा उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएकी छन्।
नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याए।
प्रकाशित मिति: २०:०८ बजे, आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार