काठमाडौंमा आजै मत गन्ने तयारी, कहाँ-कहाँ हुन्छ मतगणना?
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार आइतबार नै दलहरूबीच सहमति जुटाएर मतगणना सुरू गर्ने तयारी छ।-1733055634.jpg)
काठमाडौं, मंसिर १६ । स्थानीय तह उपनिर्वाचनको मतदान सम्पन्न भएको छ।
आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म मतदान समय तोकिएको थियो।
निर्वाचन आयोगले देशभरि कति मत खस्यो भन्ने विवरण संकलन गरिरहेको छ।
देशभरका ४१ स्थानमा मतदान भएको थियो।
तीमध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका उपनिर्वाचन भएको एकमात्रै नगरपालिका हो। यहाँ वडा नम्बर १ र ४ मा वडाध्यक्षका लागि पनि उपनिर्वाचन भएको छ।
काठमाडौंकै काठमाडौं महानगरपालिका-१६ मा पनि वडाध्यक्षको उपनिर्वाचन भएको छ।
काठमाडौंमा आइतबारदेखि नै मतगणना गर्ने तयारी छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार आइतबार नै दलहरूबीच सहमति जुटाएर मतगणना सुरू गर्ने तयारी छ।
कीर्तिपुर नगरपालिकाको मतगणना कीर्तिपुर नगरपालिकाकै कार्यालयको हलमा गर्ने तयारी छ।
मेयर र वडाको मतगणना त्यहीँ हुनेछ।
काठमाडौं-१६ को मतगणना सोही वडा कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।
मतगणना आइतबारदेखि नै सुरू भएको खण्डमा वडाध्यक्षको मतपरिणाम रातभरिमा आउनेछ। मेयरको भने केही समय लाग्न सक्नेछ।












