Kathmandu Press

रविसँग सोमबार पनि बयान लिइने

आइतबार बिहानैदेखि सरकारी वकिलको कार्यलयमा रविसँग बयान लिइएको छ। आइतबार बयान नसकिएपछि सोमबार पनि बयान हुन लागेको हो।
रविसँग सोमबार पनि बयान लिइने

काठमाडौं, मंसिर १६ : सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलले कार्यालय काठमाडौं सोमबार पनि बयान लिइने भएको छ। 

सहकारी ठगीको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतम रहेका रविलाई बयानका लागि शुक्रबार साँझ काठमाडौं ल्याइएको थियो। 

Hardik ivf

आइतबार बिहानैदेखि सरकारी वकिलको कार्यलयमा रविसँग बयान लिइएको छ। आइतबार बयान नसकिएपछि सोमबार पनि बयान हुन लागेको हो। बयान अन्तिम चरणमा पुगेको बताएको छ। 

रविलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। 

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको छ। 

काठमाडौंपछि रविलाई बयानका लागि चितवन लैजाने तयारी छ। चितवनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

छविलाल जोशी र रामबहादुर ढकालको बयान सकिएपछि रविलाई चितवन लैजाने तयारी प्रहरीको छ। छवि र रामबहादुरलाई आजै कास्कीबाट चिवतन पु¥याइएको हो।


 

प्रकाशित मिति: १८:०५ बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्