Kathmandu Press

कीर्तिपुरमा कति खस्यो मत?

’२० हजार मत खसेको थियो। मतदान जारी रहेकाले अझै बढ्छ। कति खस्यो भन्ने एकमुष्ट आएपछि सार्वजनकि गर्छौं,’ उनले भनिन्।
कीर्तिपुरमा कति खस्यो मत?
तस्बिर: मणिराज गौतम/ रासस

काठमाडौं, मंसिर १६ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार मतदान भएको छ।

आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदानको अवधी साँझ ५ बजे सकिएको हो।

मतदान अवधि सकिएपनि मतदानस्थलमा पाँच बजेभन्दा अगाडि प्रवेश गरिसकेका मतदानहरूले मतदान गर्न पाउनेछन्।

Hardik ivf

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाको वडाध्यक्षका लागि मतदान भएको छ।

कीर्तिपुरमा पनि मतदान कति भयो भन्ने विवण संकलन भइरहेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्।

‘बुथबाट विवरण आइसकेको छैन। सबै संकलन गरेपछि सूचना प्रकाशित गरेर जानकारी दिन्छौं,’ उनले भनिन्।

कीर्तिपुरमा ३१ हजार ११२ मतदाता छन्। मतदान अधिकृत कार्कीका अनुसार त्यहाँ चार बजेसम्म नै ६५ प्रतिशत मत खसेको ‍थियो।

’२० हजार मत खसेको थियो। मतदान जारी रहेकाले अझै बढ्छ। कति खस्यो भन्ने एकमुष्ट आएपछि सार्वजनकि गर्छौं,’ उनले भनिन्।

कीर्तिपुर नगरपालिकाको मेयरमा दल र स्वतन्त्र गरी १९ उम्मेदवार छन्।

यहाँ एमाले र कांग्रेसले एक्लाएक्लै प्रतिस्पर्धा गरेका छन् भने माओवादी केन्द्रले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग तालमेल गरेका छन्।

दलगत ७ र बाँकी स्वतन्त्र उम्मेदवार छन्। 

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्