यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग ५ विकेटले पराजित
यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ। योसँगै नेपालको सेमिफाइनल पुग्ने समाप्त भएको छ। अब नेपालले अन्तिम खेल मंगलबार अफगानिस्तानसँग खेल्नेछ।काठमाडाैं, मंसिर १६ : युएईमा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले लागतार दोस्रो हार व्यहोरोको छ। दुबईमा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो।
यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ। योसँगै नेपालको सेमिफाइनल पुग्ने समाप्त भएको छ। अब नेपालले अन्तिम खेल मंगलबार अफगानिस्तानसँग खेल्नेछ।
नेपालले दिएको १४२ रनको सामान्य लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि अजिजुल हाकिमले नटआउट ५२ रन बनाए भने जावद अब्रारले ५९ रनको बनाए।
बपिलङमा नेपालका युवराज खत्रीले ४ किवेट लिए भने कप्तान हेमन्त धामीले १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रनमै अलआउट भयो। बंगलादेशी बलरसामू नेपाली ब्याट्सम्यान सुरुआतदेखि नै दबाबम आएका थिए।
नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाउँदा उत्तम थापा रंगु मगर र अविशेक तिवारीले समान २९ रन बनाए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
नेपालको इनिङ धरासायी बनाउने क्रममा बंगलादेशका अल फहाद, इक्बाल हुसैन इमोन र रिजन होसनले समान २ विकेट लिए।
समूह बीकै अर्को खेलका श्रीलंकाले अफागानिस्तानलाई १३१ रनले हराएको छ। यो सँगै समूह बीबाट बंगालादेश र श्रीलंकाले एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएका छन्। यी दुवैको खेलपछि विजेता र उपविजेताको टुंगो लाग्नेछ।