५८ प्रतिशत मत खस्यो, ६० प्रतिशत मतदान हुने अनुमान
बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो ४:१५ बजेसम्म समग्रमा प्रतिशत बढी मतदान सम्पन्न भएको हो।
काठमाडौं, मंसिर १६ : स्थानीय तह उपनिर्वाचनको मतदान अन्तिमतिर पुगेको छ।
मतदानको समय ४५ मिनेट बाँकी रहँदा समग्रमा ५८ प्रतिशत भन्दा बढी मत खसेको छ।
बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो ४:१५ बजेसम्म समग्रमा प्रतिशत बढी मतदान सम्पन्न भएको हो।
अझै पनि मतदान केन्द्रमा मतदाताको भिड देखिएको छ। कुल आयोगले ६० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान निर्वाचन आयोगले गरेको छ
आयोगले जनाए अनुसार सबै स्थानमा मतदाताले उत्साहजनक रुपमा मतदान गरिरहेका छन्।
अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको छ। पाँच बजेसम्म मतदान जारी रहने छ।
प्रकाशित मिति: १६:३२ बजे, आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












