सानीभेरी–५ मा खस्यो ७०.७९ प्रतिशत मत
दिउँसो साढे दुई बजेसम्म ७०.७९ प्रतिशत मत खसेको हो। एक हजार ४३४ मतदाता मध्य एक हजार १५ जनाको मत खसाएका छन्।
काठमाडौं, मंसिर १६ : रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७०.७९ प्रतिशत मत खसेको छ।
दिउँसो साढे दुई बजेसम्म ७०.७९ प्रतिशत मत खसेको हो। एक हजार ४३४ मतदाता मध्य एक हजार १५ जनाको मत खसाएका छन्।
शान्तिपूर्वक मतदान भइरहेको मतदान अधिकृतको कार्यालयले जनाएको छ । बेलुका ५ बजेसम्म अझै बढी मतदान हुने संभावना छ। सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि दुई उम्मेदवारबिच प्रतिस्पर्धा छ।
उक्त वडामा नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत प्रतिश्पर्धामा छन्।
गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित अलबहादुर खत्रीको निधन भएका कारण उपनिर्वाचन हुन थालेको हो । खत्री नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: १६:१० बजे, आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











