Kathmandu Press

नेप्से ९.९९ अंकले घट्यो, आठ अर्ब बढीको कारोबार

आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९९ अंकले घटेर २७३८.०६ बिन्दुमा कायम भएको छ भने आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से ९.९९ अंकले घट्यो, आठ अर्ब बढीको कारोबार

काठमाडौं, मंसिर १६ : साताकाे कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। आइतबार परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ बिन्दुमा कायम भएको हो। 

तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर खरिदबिक्री हुँदा आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ।

व्यापार समूह ९.०७, विकास बैंक समूह ४.५२ र होटल तथा पर्यटन समूह ०.३० प्रतिशतले बढेका छन्। सबैभन्दा बढी वित्तसमूह २.९६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन्।  

बैंकिङ एक दशमलव ४७, जलविद्युत १.१४, लगानी १.१५, जीवन बिमा १.३५, उत्पादन तथा प्रशोधन ०.५७, लघुवि ०.९२, म्युचुअल फण्ड ०.२३, निर्जीवन बिमा ०.०१ र अन्य समूह १.३५ प्रतिशतले घटेको छ।

पाँचवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विशाल बजार कम्पनी लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३४ करोड ३१ लाख ४० हजार सात सय १७ बराबरको कारोबार भएको छ भने शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको पाँच लाख आठ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ।
 

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्