Kathmandu Press

बयानका लागि छविलाल जोशीलाई चितवन ल्याइयो

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम पनि गोर्खा मिडियामा गएको देखिएपछि प्रहरीले पूर्वडीआईजी समेत रहेका जोशीलाई बयानका लागि आइतबार चितवन ल्याएको हो। 
बयानका लागि छविलाल जोशीलाई चितवन ल्याइयो

चितवन, मंसिर १६ : सहकारीको रकम अपचनल प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका गोर्खा मिडिया प्रा.लि.का सञ्चालक छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको छ। 

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम पनि गोर्खा मिडियामा गएको देखिएपछि प्रहरीले पूर्वडीआईजी समेत रहेका जोशीलाई बयानका लागि आइतबार चितवन ल्याएको हो। 

Hardik ivf

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई त्यहाँबाट चिवतन ल्याइएको हो। उनीसँगै रामबहादुर ढकाललाई पनि चिवतन ल्याइएको छ। 

दुवैको जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान भइरहेको छ। बयान सकिएपछि दुवैलाई पोखरा नै लगिने छ।

यसअघि उनीहरू बयानका लागि काठमाडौं, रुपन्देही पनि लगिएको थियो। 

छवि र रामबहादुरको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि चितवन ल्याउने तयारी छ। रविको अहिले काठमाडौंमा बयान भइरहेको छ।

प्रकाशित मिति: १५:४६ बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्