उपनिर्वाचनमा : हेटौँडाका १०२ वर्षीय लामिछानेले गरे मतदान
आईतबार हेटौँडा उपमहानगरपालिका १२ स्थित भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा वडाध्यक्ष पदका लागि भएको मतदानमा एक सय दुई वर्षिय गोविन्द लामिछानेले मतदान गरेका हुन्।
मकवानपुर, मंसिर १६ : स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका १२ का एक सय दुई वर्षिय गोविन्द लामिछानेले मतदान गरेका छन्।
आईतबार भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भई मतदान गरेका हुन्।
बिहान ७ बजे देखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कूल आठ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा चार हजार दुई सय २३ मतदाताले मतदान गरेका छन् । निर्वाचन कार्यालयले दुई वटा मतदानस्थलको व्यवस्था गरेको छ।
विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा एक हजार आठ सय ४३ मत खसेको छ भने वडाको सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई हजार तीन सय ८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिए।
प्रकाशित मिति: १५:३२ बजे, आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












