प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार ५ बजेका लागी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन।
काठमाडौं, मंसिर १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले आईतबार ५ बजेका लागी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन।
बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जान लागेका हुन। उनी २० गते स्वदेश फर्किने कार्यक्रम छ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उनका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा लगायत ८७ जना रहने छन।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो।
प्रकाशित मिति: १४:३९ बजे, आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












