ब्लाइण्ड टि–२० विश्वकपको सेमिफाइलनमा नेपाल पाकिस्तानसँग पराजित
पाकिस्तानमा जारी प्रतियोगितामा नेपाल सेमिफाइनलमा घरेलु टोलीसँग १० विकेटले पराजित भयो। नेपाल पहिलो पटक सेमिफाइनल पुगेको थियो।काठमाडाैं, मंसिर १६ : नेपाल ब्लाइण्ड टि–२० क्रिकेट विश्वकपको सेमिफाइनलमा पराजित भएको छ।
पाकिस्तानमा जारी प्रतियोगितामा नेपाल सेमिफाइनलमा घरेलु टोलीसँग १० विकेटले पराजित भयो। नेपाल पहिलो पटक सेमिफाइनल पुगेको थियो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा विनाक्षति भेट्टायो।
पाकिस्तानका लागि कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने बाबर अलीले ३२ रन बनाए।
त्यसअघि नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए।
बलिङमा पािकस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए।
पाकिस्तान अपराजित रहँदै फाइनल पुगेको हो। समूह चरणमा पनि नेपाल पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो।
प्रकाशित मिति: १३:५६ बजे, आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला, कति लाग्छ शुल्क ?बिहीबार, पुस ११, २०८१
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्रीबिहीबार, पुस ११, २०८१
कांग्रेसको एक सय दिने विशेष अभियानको समय थपबिहीबार, पुस ११, २०८१
२५ हजार घुससहित पक्राउ परेका ट्राफिक प्रहरी सईविरूद्ध मुद्दा दायरबिहीबार, पुस ११, २०८१