Kathmandu Press

चार राजदूतले लिए शपथ

राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा.शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन्।
चार राजदूतले लिए शपथ

काठमाडौं, मंसिर १६ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन्।

आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा.शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन्।

Hardik ivf

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतको उपस्थिति रहेको रहेको थियो। 

मन्त्रिपरिषदको सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए।

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्