Kathmandu Press

सुनको मूल्य घट्यो 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। 
सुनको मूल्य घट्यो 

काठमाडौं, मंसिर १६ : साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

प्रकाशित मिति: ११:३७ बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्