Kathmandu Press

गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । 
गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना 
Hardik ivf

काठमाडौं, मंसिर १६ : हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल”कोआंशिक प्रभाव रहेकोछ। जसको कारण देशको तराई भू–भागका केही स्थानहरूमा कुहिरो लागेको छ भने अन्य स्थानमा मौसम सफा रहेको छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । 

यस्तै, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
प्रकाशित मिति: ०८:२३ बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्