हावाहुरी तथा असिनाले दुई करोडको क्षति
हेटौंडा, वैशाख ८ : विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा दुई करोड मूल्य बाराबरको क्षति पुर्याएको छ।&....

हेटौंडा, वैशाख ८ : विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा दुई करोड मूल्य बाराबरको क्षति पुर्याएको छ।
हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र हेटौँडाले जनाएको छ। केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिकरुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौँउला तथा बोरीलगायत तरकारीमा क्षति पुर्याएको छ।
क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ। तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ। त्यस्तै हावाहुरीले मनोहरी गाउँपालिकाको दुई सय ५० घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ। हावाहुरीले विशेषगरी विपन्न परिवारका घरको टिनको छाना उडाएको छ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार गाउँपालिकाको वडा नं ५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको जनकारी दिए। यसैबीच जिल्ला प्रहरी कार्यालयले मकवानपुरले पनि क्षतिको विवरण संकलन भइरहेको बताएको छ।










-1754206481.jpg)
