इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लियो
गएराति वेस्टह्यामलाई घरेलु मैदानमा हराएको आर्सनलको १३ खेलमा २५ अङ्क भएको छ । शीर्ष स्थानको लिभरपुलको ३१ अङ्क छ । लिभरपुलले १२ खेल खेलेको छ ।काठमाडौं, मंसिर १६ : इङ्ग्लिस प्रिमियर लिग फुटबल (इपीएल) मा वेस्टह्यामलाई ५–२ गोलले पराजित गर्दै आर्सनल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति वेस्टह्यामलाई घरेलु मैदानमा हराएको आर्सनलको १३ खेलमा २५ अङ्क भएको छ । शीर्ष स्थानको लिभरपुलको ३१ अङ्क छ । लिभरपुलले १२ खेल खेलेको छ ।
गएराति नै भएको अर्को खेलमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई ४–१ गोलले पराजित गरेको छ । घरेलु मैदानमा विजयी भएको ब्रेन्टफोर्ड सातौं स्थानमा उक्लिएको छ ।
यस्तै गएराति बर्नमाउथले उल्भ्सलाई ४–२ गोलले पराजित गरेको छ । नटिङघम फरेस्टले इपस्वीचलाई १–० गोलले पराजित गर्दा क्रिष्टल प्यालेस र न्युक्यासलले एक–एक गोलको बराबरी खेलेका छन् ।
प्रकाशित मिति: ०७:२६ बजे, आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई नेपालको टक्कर, ९ रनले पराजितसोमबार, पुस २९, २०८१
जय ट्रफी : उपाधिमा पुलिस र आर्मीको भीडन्तआइतबार, पुस २८, २०८१
महिला क्रिकेट टिमले टियूमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्क सिरिज खेल्नेआइतबार, पुस २८, २०८१
जय ट्रफी : विभागीय टिम बलिया, ब्याटिङमा प्रदेशका टिमको संघर्षशनिबार, पुस २७, २०८१