Kathmandu Press

पाल्मससँग हार्‍यो बार्सिलोना, रियललाई फाइदा

शनिबार साँझ भएको खेलका लिग लिडर बार्सिलोना लस पाल्मससँग २–१ले पराजित भयो।
पाल्मससँग हार्‍यो बार्सिलोना, रियललाई फाइदा

काठमाडाैं, मंसिर १५ : स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ। शनिबार साँझ भएको खेलका लिग लिडर बार्सिलोना लस पाल्मससँग २–१ले पराजित भयो।

क्याम्प नेउमै भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले गोल गरे भने पाल्मसका लागि फाबियो सिल्भा र सान्द्रो रामिरेजले गोल गरे।

Hardik ivf

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४६औं मिनेटमा रामिरेजले गोल गर्दै पाल्मसलाई अग्रता दिलाए। ६१औं मिनेटमा इनफर्म राफिन्हाले बार्सिलोनाका लागि बराबरी गोल गरे।

तर, ६७औं मिनेटमा सिल्भाले गोल गर्दै पुनः पाल्मसलाई अग्रता दिलाए। त्यसपछि खेलमा गोल नहुँदा बार्सिलोना स्तब्ध बन्यो।

यो हारपछि बार्सिलोनाको शीर्ष स्थान धरापमा परेको छ। १५ खेलमा ३४ अंकसहित बार्सिलोना शीर्ष स्थानमै छ। 

तर, २ खेल कम खेलेको रियलले दुवै खेल जित बार्सिलोना दोस्रो स्थानमा झर्नेछ। रियलको १३ खलमा २० अंक छ। पाल्मस १५ अंकसहित १४औं स्थानमा छ।

प्रकाशित मिति: २१:०८ बजे, शनिबार, मंसिर १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्