Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको छ। पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, मंसिर १५ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। 

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको छ। पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्य बढेको छ। 

खाना पकाउने ग्यासको भने मूल्य यथावत् छ। 
 
प्रकाशित मिति: २०:५३ बजे, शनिबार, मंसिर १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्