Kathmandu Press

‘बदलिँदो समयअनुसार बैंकलाई अग्रणी बनाउनुपर्छ’

उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले समयसापेक्ष सेवा र सुविधाहरू प्रवाह गर्दै प्रत्येक सेवाग्राहीले अपनत्व महसुस गर्ने वातावरण बनाउन आग्रह गरे। 
‘बदलिँदो समयअनुसार बैंकलाई अग्रणी बनाउनुपर्छ’

रुपन्देही, मंसिर १५ : अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई देशकै एक नम्बरको बैंक बनाउने गरी काम गर्नुपर्ने आवश्यकता भएको बताएका छन्। 

राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बदलिँदो समयअनुसार बैंकलाई अग्रणी बनाउनुपर्नेमा जोड दिए।

उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले समयसापेक्ष सेवा र सुविधाहरू प्रवाह गर्दै प्रत्येक सेवाग्राहीले अपनत्व महसुस गर्ने वातावरण बनाउन आग्रह गरे। 

यसैगरी कार्यक्रम बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बैंकको ब्याजदर स्थिर बनाउनुपर्ने आवश्यकता भएको जनाए।

उनले एकल अंकको ब्याजदर भए पनि समयसँगै बढ्ने प्रवृत्तिले व्यवसायिक क्षेत्रलाई असहज बनाएको अनुभव सुनाउँदै, ब्याजदरको सुनिश्चितताले व्यवसायिक लगानी गर्न सजिलो हुने तर्क गरे। 

प्रकाशित मिति: १९:११ बजे, शनिबार, मंसिर १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्