Kathmandu Press

चीनबाट ऋण लिंदै नलिने भनेको होइन : मन्त्री अधिकारी

शनिबार नेपाल–चीन सम्बन्धमा रुपान्तरणकारी संवादका क्रममा बोल्दै मन्त्री अधिकारीले चीनसँगको सम्बन्धमा यस्तो बताएका हुन्।
चीनबाट ऋण लिंदै नलिने भनेको होइन : मन्त्री अधिकारी

काठमाडौं, मंसिर १५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले चीनबाट ऋण नलिने भन्ने कुनै घोषणा नगरेको स्पष्ट पारेका छन्। 

शनिबार नेपाल–चीन सम्बन्धमा रुपान्तरणकारी संवादका क्रममा बोल्दै मन्त्री अधिकारीले चीनसँगको सम्बन्धमा यस्तो बताएका हुन्।

‘नेपालको हितमा हुने कुनै पनि कार्यक्रमका लागि सम्झौतामा पुग्नुअघि त्यसको पूर्व तयारी हुनुपर्छ। आवश्यकताका आधारमा अनुदान लिने हो र आवश्यक परेको खण्डमा ऋण पनि लिने हो,’ उनले भने, ‘त्यसैले, हामीले चीनबाट ऋण लिदै नलिने भनेको होइन। सकेसम्म अनुदान नै लिन खोज्ने हो।’  

मन्त्री अधिकारीले चीनसँगको सम्बन्धलाई सधैं सकारात्मक र पारस्परिक लाभकारी बनाउन आवश्यक रहेको बताए।

उनले नेपाल र चीन बीचको आर्थिक सहकार्यलाई स्पष्ट पार्दै आगामी दिनमा दुई राष्ट्र बीचको साझेदारीलाई अझ प्रगाढ बनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: १८:५८ बजे, शनिबार, मंसिर १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्