Kathmandu Press

जितपछि जनकपुरका कप्तान अनिल साह भन्छन्– विदेशी खेलाडीको अनुभव जित निस्कियो

उनले स्टार ब्याट्म्यान गप्टिलले पनि सुरुमा खेल्न नसकेको बताउँदै क्रिजमा समय बिताएपछि मात्र उनको ब्याटमा बल आउन थालेको उल्लेख गरे।
जितपछि जनकपुरका कप्तान अनिल साह भन्छन्– विदेशी खेलाडीको अनुभव जित निस्कियो

काठमाडाैं, मंसिर १५ : नेपाल प्रिमियर लिगको पहिलो संस्करण आजबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भयो।

जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको सहज जित निकाल्यो। 

Hardik ivf

खेलपछि जनकपुरका कप्तान तथा नेपाल अनिल साहले विदेशी खेलाडीको अनुभवकै कारण जित सम्भव भएको प्रतिक्रिया दिए। बलरलाई सपोर्ट गर्ने पिचमा विदेशी ब्याट्सम्यान टिकेर खेलेकाले जित सहज भएको उनले बताए।

नेपाली राष्ट्रिय टिमका ओपनरद्वय अनिल र आसिफ सेख सस्तैमा आउट भएपछि दबाब आएको जनकपुरका लागि विदेशी खेलाडीद्वय हर्ष थाकर र लहिरु मिलन्थाले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। मिलन्थाले ७५ रन बनाउँदा थाकरले २९ रन बनाए। 

अनिलले क्रिजमा जति धेरै टिक्यो, टिमका लागि त्यति नै राम्रो हुने बताए। 

‘पिच बलरहरूको लागि सहयोगी थियो अनि कसैले पनि राम्रोसँग बलमा ब्याट लगाउन सकिरहेका थिएनन्,’ उनले भने, ‘विदेशी खेलाडीहरू अनुभवी छन्, उनीहरूबाट सिक्न पर्छ । क्रिजमा जति टिक्न सक्यो त्यति राम्रो हुन्छ अनि थाहा हुन्छ कति स्कोर राम्रो हुन्छ भनेर।’

उनले स्टार ब्याट्म्यान गप्टिलले पनि सुरुमा खेल्न नसकेको बताउँदै क्रिजमा समय बिताएपछि मात्र उनको ब्याटमा बल आउन थालेको उल्लेख गरे।

अनिलले सबैले योजना अनुसार खेल्दा जित निकिस्एको बताए। जितका साथ प्रतियोगिताको सुरुआत गर्दा टिममा उत्साह बढ्ने बताउँदै यो २ अंक प्लेअफमा पुग्न महत्वपूर्ण हुने उल्लेख गरे।
 

प्रकाशित मिति: १८:४५ बजे, शनिबार, मंसिर १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्