Kathmandu Press

ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सामाजिक सुरक्षा कोष, श्रमिकको सुरक्षाका निम्ति नेपाल सरकारले चालेका कदमबारे जानकारी दिँदै आतिथेय मुलुकको कानुनको पूर्ण परिपालना गर्न सम्बद्ध सबैमा आग्रह गरे।
ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम

काठमाडौं, मंसिर १५ : ओमानमा नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने, श्रम एवं कन्सुलर सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ। 

ओमानस्थित नेपाली राजदूतावासले शुक्रबार दूतावास परिसरमा सो कार्यक्रममा अयोजना गरेको हो।

Hardik ivf

त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सामाजिक सुरक्षा कोष, श्रमिकको सुरक्षाका निम्ति नेपाल सरकारले चालेका कदमबारे जानकारी दिँदै आतिथेय मुलुकको कानुनको पूर्ण परिपालना गर्न सम्बद्ध सबैमा आग्रह गरे।

सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रियाबारे जानकारी दिए।

कार्यक्रममा श्रम तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिइएको थियो। कार्यक्रमबाट २१५ जना सेवाग्राही लाभान्वित भएका राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

नेपाली राजदूतावास मस्कटबाट विगतमा कार्यालय खुलेको दिनमा सेवा लिन आउन असहज हुने नेपाली श्रमिकहरुलाई लक्षित गर्दै निजहरुको सहजताका लागि सार्वजनिक बिदाकै दिनमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी शिविर सञ्चालन गर्दै आएको भए तापनि विदेशमा भने सामाजिक सुरक्षासम्बन्धी सेवा पहिलो पटक आयोजना गरिएको हो।

प्रकाशित मिति: १६:५३ बजे, शनिबार, मंसिर १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्