Kathmandu Press

उद्घाटन खेलमा विराटनगर १२७ रनमै अलआउट

कीर्तिपुरस्थित टियू मैदानमा टस हाररे पहिला ब्याटिङ गरेको विरानगर १९ ओभरमा १२७ रनमै अलआउट भयो।
उद्घाटन खेलमा विराटनगर १२७ रनमै अलआउट

काठमाडाैं, मंसिर १५ : नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले जितका लागि १२८ रनको सामान्य लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित टियू मैदानमा टस हाररे पहिला ब्याटिङ गरेको विरानगर १९ ओभरमा १२७ रनमै अलआउट भयो।

खेलमा विराटनगरका लागि न्युजिल्यान्डका स्टार ब्याट्सम्यान मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए पनि अन्यले गतिलो योगदान दिन नसक्दा उसले ठूलो योगफल बनाउन सकेन । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

यस्तै, अकिब इलियासले १५ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए भने किशोर महतो र हर्ष थाकरले समान २ विकेट लिए।

प्रकाशित मिति: १४:०८ बजे, शनिबार, मंसिर १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्