Kathmandu Press

झलनाथ खनाल भन्छन्- बीआरआईबारे विवाद अनावश्यक

झलनाथ खनाल भन्छन्- बीआरआईबारे विवाद अनावश्यक

काठमाडौं, मंसिर १५ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल शनिबार चीन प्रस्थान गरेका छन्। नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि चीन भ्रमणमा गएका छन्।

चीन प्रस्थान हुनुपूर्व सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा नेपालको विकास र निर्माणका अनेकौ सहयोगहरु आवश्यक रहेको बताए। उनले बीआरआई चीनले अगाडि सारेको र यस बारेमा नेपालमा भइरहेको विवाद अनावश्यक भएको प्रतिक्रिया दिए।
 
साथै मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

Hardik ivf

बेइजिङको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर नेता खनाल चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागि हुन ग्वाङ्झाउ जाने कार्यक्रम रहेको छ।

साताव्यापी भ्रमण सकेर नेता खनाल डिसेम्बर ७ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १३:११ बजे, शनिबार, मंसिर १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्