परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किन लागेकी हुन्।काठमाडौं, मंसिर १५ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किन लागेकी हुन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। सो भेटवार्ता छन्दुमा नै भएको थियो।
सो अवसरमा उनीहरु बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो।
प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन्। परराष्ट्रमन्त्री डा. राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछन्।
प्रकाशित मिति: १०:१९ बजे, शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति मंगलबार, माघ १, २०८१
नेपालमा मनाइने पर्वले सामाजिक सद्भावना बढाउँदै सुमधुर सम्बन्ध कायममा सघाउँछ : सभापति देउवामंगलबार, माघ १, २०८१
आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावनामंगलबार, माघ १, २०८१
राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामनामंगलबार, माघ १, २०८१