त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]
धवन नेपालमा व्यवसायिक क्रिकेट खेल्न आउने अहिलेसम्मकै ठूला स्टार हुन्।![त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/sikhar-dhawan-(5)-ink-1732892247.jpeg)
काठमाडौं, मंसिर १४ । नेपाल प्रिमियर लिग खेल्न भारतीय स्टार क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्। एनपिएलको पहिलो संस्करण खेल्न धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन्।
एक सय अन्तर्राष्ट्रियमा छाएका धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने छन्। उनले एनपिएलका सुरुआती ४ खेल खेल्ने गरी कर्णाली याक्ससँग सम्झौता गरेका छन्।
धवन नेपालमा व्यवसायिक क्रिकेट खेल्न आउने अहिलेसम्मकै ठूला स्टार हुन्।
उनलाई त्रिभुवन विमानस्थलमा बाजा गाजासहित स्वागत गरिएको थियो।
धवनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल, गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्ललगायत स्वागत गरेका थिए।
धवनको आगमनसँगै विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकार सम्मेलन पनि आयोजना गरिनेछ।
तस्बिरहरूः
प्रकाशित मिति: २०:४७ बजे, शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
