Kathmandu Press

एनपीएलको तयारी पूरा : क्यान

भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी एक प्रतिशत काम आज रातिसम्म सकिने क्यानका अध्यक्ष चतुरबाहदुर चन्दले बताए। 
एनपीएलको तयारी पूरा : क्यान

काठमाडौं, मंसिर १४ : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।  
    
भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी एक प्रतिशत काम आज रातिसम्म सकिने क्यानका अध्यक्ष चतुरबाहदुर चन्दले बताए। 

शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमै आयोजिक कार्यक्रममा अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत दिए।

एनपिएलका लागि टियू मैदानलाई बेहुलीझैँ सिंगारिए छ। मैदानभित्रका सम्पूर्ण कम पुरा भएको छ भने मैदानबाहिर केही कलर मात्र लगाउने लगायतका काम बाँकी छ। ती काम पनि भोलि खेल सुरुहुनु अघि नै सकिने उनले बताए। 

८ टिम सहभागी हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भीड्ने छन्। खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ। 

प्रकाशित मिति: २०:४७ बजे, शुक्रबार, मंसिर १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्