Kathmandu Press

बिस्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा दुर्गा प्रसाईका सहयोगी पक्राउ

 भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोज्ने एक जना पक्राउ परेका छन्।
बिस्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा दुर्गा प्रसाईका सहयोगी पक्राउ

काठमाडौं, मंसिर १४ । भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोज्ने एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘भारतीय आपराधिक समूह’ को सदस्य भएको भनी व्यवसायीलाई धम्क्याउने झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुँयाललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

Hardik ivf

मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

फुँयाल यसभन्दा अगाडिसमेत विभिन्न कसुरमा संलग्न भई फरार रहेकोसमेत खुल्न आएको छ।

प्रहरीले उनको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ।

प्रकाशित मिति: १९:५४ बजे, शुक्रबार, मंसिर १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्