Kathmandu Press

एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमति

शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार २९४ जनाले आरोहण अनुमति लिएका छन्।
एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमति

काठमाडौं, मंसिर १४ । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार २९४ जनाले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागकाअनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका २९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन्।

Hardik ivf

यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए। उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका ४८१ जनाले अनुमति लिएका छन्।  

यस्तै मनास्लु हिमाल आरोहणमा २८ आरोही समूहका ३०८ जनाले, हिम्लुल आरोहणका लागि १२ आरोही समूहका १४४ तथा धौलागिरीमा एक आरोही समूहका १४ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ।

नेपालसहित ७३ देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन्।

हिमाल आरोहणवापत ८ करोड ५८ लाख ८३ हजार ४४६ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ।

मनास्लु र हिम्लुङको आरोहण सकिएको छ। अमादब्लम लगायत हिमालको आरोहण धमाधम भइरहेको छ।

प्रकाशित मिति: १९:०३ बजे, शुक्रबार, मंसिर १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्