Kathmandu Press

नेपाल प्रहरीका असईले आफ्नै छातीमा हाने गोली

अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन्।
नेपाल प्रहरीका असईले आफ्नै छातीमा हाने गोली
फाइल तस्वीर।

अछाम, मंसिर १४ । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन्।

जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

चन्द आफैले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले  बताए।

चन्दले बिहीबार ९:३० बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार गरेका थिए।

गोली लागेर घाइते भएका चन्दको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारपश्चात् गरिएको र थप उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखेर भइरहेको छ।

इलाका प्रहरी कार्यालय कमलबजारका इञ्चार्ज प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय घटनाको छानबिन समिति गठन गरिएको प्रनाउ भण्डारीले बताए।

प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, मंसिर १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्