कोशीका सांसद अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट
शुक्रबार अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।
काठमाडौं, मंसिर १४ । कोशी प्रदेशका एमाले सांसद लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सरकारी वकिल कार्यालयको निर्णयविरूद्ध सर्वोच्च अदालतमा पेस भएको छ।
शुक्रबार अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।
रिट दर्ता प्रक्रियामै रहेको अधिवक्ता त्रिपाठीले बताए।
जापान प्रकरणमा पक्राउ परेका अधिकारीसहितलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।
सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरी मंसिर १० अधिकारीलाई मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो।
सरकारी वकिल कार्यालयले निर्णयपछि अधिकारी हिरासतमुक्त भइसकेका छन्।
प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार