Kathmandu Press

यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित

 एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। 
यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं, मंसिर १४ :  एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। शुक्रबार युएईको शारजाह स्टेडियममा भएको खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो।

जितका लागि २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा अल आउट हुँदै १७८ रन‍मा समेटियाे।  

नेपालका लागि ओपनर मयन यादवले अर्धशतक हाने। उनले ९० बलमा ३ चौका र २ छक्का प्रहार गरी ६१ रन बनाए। अर्का ओपनर आकाश त्रिपाठीले ३३ बलमा ३ चौका हानेर १९ रन बनाए।

Hardik ivf

अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले  १२, रोशन विश्वकर्माले ५, उत्तम मगरले १७ र नरेन साउदले १६ रनमात्रै बनाए।

बलिङतर्फ श्रीलंकाका प्रविन मनिषाले सर्वाधिक तीन विकेट लिए। कुगाडस मथुलन र विहास थ्युमिकाले २/२ तथा न्यूटन रन्जितकुमार र विरन चमुदिथाले १/१ विकेट लिए।

नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले १० विकेटको क्षतिमा २३३ रन जोडेको थियो।

श्रीलंकाका लागि शरूजन शानमुगनथानले सर्वाधिक ६२ रन बनाए। उनले ९९ बलमा २ चौका प्रहार गरे। लकविन अबेयसिंघेले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरी ५० रन जोडे।

कविजा जमेजले ४४ बलमा ३ चौका हानेर ३७ रनको योगदान गरे। दुलनिथ सिगेरा र विमथ दिनसाराले समान २४/२४  रन जोडे।

अरू ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए। युवाज खत्रीले २ तथा हेमन्त धामी र नरेन साउदले १/१ विकेट लिए।

समूह बी मा रहेको नेपालले दोस्रो खेल बंगलादेशविरूद्ध आइतबार खेल्नेछ।  

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, मंसिर १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्