काठमाडौंमा रवि लामिछानेसँग साढे ६ घण्टा लामो बयान
जिल्ला सहकारी वकिलको कार्यालय, काठमाडौंमा बिहान ९ बजेदेखि शुरु भएको बयान दिउँसो साढे तीन बजे मात्र सकिएको थियो ।काठमाडौं, मंसिर १४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार साढे ६ घण्टा लामो बयान लिइएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकणमा जिल्ला सरकरी वकील कार्यालयमा बयान लिएको हो ।
जिल्ला सहकारी वकिलको कार्यालय, काठमाडौंमा बिहान ९ बजेदेखि शुरु भएको बयान दिउँसो साढे तीन बजे मात्र सकिएको थियो।
लामिछानेलाई बयानका लागि बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो। लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यस यता लामिछानेलाई ५ पटक अनुसन्धानका लागि थुना म्याद थपिएको छ।
बयानपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको छ।
बयानकाक्रममा लामिछानेकी पत्नी निकिता पौडेल पनि सरकारी वकील कार्यालय पुगेकी थिइन् । उनको आइतबार पनि सरकारी वकिल कार्यालयमा बयान हुने छ । काठमाडौंमा बयान सकिएपछि पुनः पोखरा लैजाने तयारी छ।
लामछानेविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धानन अघि बढाइएको छ ।
खराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा अझै अनुसन्धान बाँकी छ । लामिछानेविरुद्ध एकसाथ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा चलिरहेको छ । ति आरोपमा फैजदारी संहिता अनुसार प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नसक्छ ।