रामेछापमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु
काठमाडौँबाट रामेछापको बेतालीतर्फ गइरहेको गाडी शुक्रबार दिउँसो गोकुलगंगा वडा नम्बर ६ स्थित सिमलडाँडामा दुर्घटनामा परेको थियो।काठमाडौं, मंसिर १४। रामेछापको सिमलडाँडामा भएको जिप दुर्घटनामा गोकुलगंगा गाउँपालिका– ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको छ।
काठमाडौँबाट रामेछापको बेतालीतर्फ गइरहेको गाडी शुक्रबार दिउँसो गोकुलगंगा वडा नम्बर ६ स्थित सिमलडाँडामा दुर्घटनामा परेको थियो।
शुक्रबार खिम्ती बेताली सडक खण्डबाट ना १ ज ७१२३ नम्बरको जिप सिमलडाँडा भिरमा ३०० मिटर तल खसेको थियो।
जिपमा सवार तीन जना यात्रु गंभिर घाइते रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई मन्थली अस्पताल र तामाकोसी अस्पतालमा उपचारका लागि लगिएको छ।
दुर्घटनामा मृत्यु भएका बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।
प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोशीका सांसद अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिटशुक्रबार, मंसिर १४, २०८१
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमतिशुक्रबार, मंसिर १४, २०८१
काठमाडौंमा रवि लामिछानेसँग साढे ६ घण्टा लामो बयान शुक्रबार, मंसिर १४, २०८१
रामेछापमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्युशुक्रबार, मंसिर १४, २०८१