Kathmandu Press

पहिलो पटक काभा पुरुष भलिबल च्याम्पियनसिप हुँदै 

प्रतियोगितामा इरानबाट चादौर मालो क्लब, भारतबाट क्यालीकट हिरोज, मालदिभ्सबाट एचडीसी क्लब, नेपालबाट गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर्स क्लब गरी पाँच टीमको सहभागिता रहनेछ।
पहिलो पटक काभा पुरुष भलिबल च्याम्पियनसिप हुँदै 

काठमाडौं, मंसिर १४ : नेपाल भलिबल संघको आयोजना एवं सेन्ट्रल एशियन भलिबल संघको संयोजनमा पहिलो पटक काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने भएको छ। 

शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २२ गते देखि २९ गतेसम्म काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गरेर नेपालबाट नै प्रथम पटक थालनी गर्न लागेको जानकारी दिएको हो। 

प्रतियोगितामा इरानबाट चादौर मालो क्लब, भारतबाट क्यालीकट हिरोज, मालदिभ्सबाट एचडीसी क्लब, नेपालबाट गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर्स क्लब गरी पाँच टीमको सहभागिता रहनेछ।

भलिबल खेलको माध्यमबाट खेलको वृहत्तर विकास गर्नको लागि काभा पुरुष भलिवल क्लब च्याम्पियनसिप पनि नेपालबाट नै शुरुवात गर्ने जमर्को गरेको संघले जनाएको छ।

 प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च हुने संघको अनुमान रहेको छ। 
 

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, मंसिर १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्