यू–१९ एसिया कपको पहिलो खेलमा श्रीलंकाले नेपाल लाई दियाे २३४ रनको लक्ष्य
युएईको सारजाहमा टस हाररेर पहिला ब्याटिङ गरेको श्रीलंका अन्तिम बलमा २३३ रनमा अलआउट भयो।काठमाडाैं, मंसिर १४ : एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले २३४ रनको लक्ष्य पाएको छ।
युएईको सारजाहमा टस हाररेर पहिला ब्याटिङ गरेको श्रीलंका अन्तिम बलमा २३३ रनमा अलआउट भयो।
उसका लागि सरुजन सन्मुगनाथनले सर्वाधिक ६२ रन बनाए। उनले ९९ बल खेल्दै २ चौका प्रहार गरे। यस्तै, लकविन अभेसिंगले ५३ बलमा २ चौका र १ छक्का मद्दतमा ५० रन बनाए।
यस्तै, अन्तयतिर कविजा गमागेले ४४ बलमा ३७ रन बनाउँदा दुलनिथ सिगेरा र विमथ दिन्साराले समान २४ रन बनाए।
बलिङमा नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए भने युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले सामान १ विकेट लिए।
प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपिएलको उद्घाटन खेलका सबै टिकट बिक्रीशुक्रबार, मंसिर १४, २०८१
काठमाडौं आइपुगे शिखर धवनशुक्रबार, मंसिर १४, २०८१
यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजितशुक्रबार, मंसिर १४, २०८१